दफा ३०
निर्देशन दिने नेपाल सरकारको अधिकार
राष्ट्रिय हितको निमित्त उचित ठहराएमा नेपाल सरकारले
संस्थानलाई देहाय बमोजिम निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालन गर्नु संस्थाको कर्तब्य
हुनेछ ः–
(क) कुनै खास क्षेत्र तोकी वा नतोकी कुनै सेवा कार्य सञ्चालन गर्न, वा
(ख) संस्थानले गरिरहेको कुनै काम कुनै खास क्षेत्रमा नगर्न वा कुनै अदल बदल गर्न वा
सम्पूर्ण रुपमा बन्द गर्न, वा
(ग) संस्थानले गर्न आँटेको कुनै काम कुरा नगर्न ।